Shikhar Insurance

गाडी आयातले डलर सञ्चिति रित्याउँदैन, तरलता संकट निम्त्याउँदैन ! (तथ्यांकीय विश्लेषण)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १८:३३
NIMB
Nabil Bank

काठमाडौं । आम सर्वसाधारण, राजनीतिज्ञ तथा अर्थविद्मा एउटा बुझाइ छ कि, गाडी आयातले विदेशी मुद्रा सञ्चिति रित्याउँछ, तरलता संकट निम्त्याउँछ । तर, तथ्यांकले भने ठीक विपरित हुने प्रमाणित गर्दछ ।

सरकारले डलर सञ्चिति कम हुन थालेको भन्दै निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने काम रोकेको छ । वाणिज्य मन्त्रालयले राजपत्र नै प्रकाशित गरेर आयात रोक्का गरेको हो । तर, १ खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको अटोमोबाइल क्षेत्रले हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजस्वमा योगदान पु¥याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आयातको तुलनामा झण्डै दोब्बर राजस्व उपलब्ध गराउँदै आएको छ । सरकारले भने यस्तो योगदान दिने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाजगरी निजी प्रयोजनका कार, जीप र भ्यानको आयातलाई कम्तिमा आउँदो असार मसान्तसम्मको लागि प्रतिबन्ध लगाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारकै तथ्यांक अनुसार आव २०७७/७८ मा अटो क्षेत्रले ८९ अर्ब ८९ करोड रुपैयाँ प्रत्यक्ष राजस्व योगदान गरेको छ भने आव २०७८/७९ को ९ महिनामा ७४ अर्ब भन्दा बढी योगदान दिइसकको छ । वित्तीय क्षेत्रबाट अटो क्षेत्रमा प्रवाह भएको कर्जा पनि सबैभन्दा कम डिफल्ट रेसियो भएको कर्जा हो हो । ४० प्रतिशतभन्दा बढी निर्जीबन बीमाको प्रिमियम अटो क्षेत्रले योगदान दिन्छ । अटो क्षेत्र आपूर्ति चेनको लाइफलाइन हो, मोबिलिटी सोल्युसन हो, अन्य क्षेत्रमा अत्यावश्यक वस्तु योगदान कर्ता हो ।

तर, सरकार भने यस्तो व्यवस्थित तथा अत्यावश्यक वस्तुमाथि प्रतिबन्ध लगाउने निष्कर्शमा पुगेको छ ।

तथ्यांक यो भन्छ कि चालु आर्थिक वर्षमा सवारीको आयात घट्दो छ । चालु आवको साउन, भदौ र असोजमा मात्र कार, जिप र भ्यानको आयात गत आवको सोही महिनाको तुलनामा बढी भएको छ । जबकि गत आर्थिक वर्ष पुरै कोभिडले प्रभावित भएको थियो । चालु आवको दसैं बजारमा पनि कारको बिक्री नबढेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तथ्यांक छ ।

तथ्यांक अनुसार साउनमा कार आयात १२० प्रतिशत, भदौमा २४० र असोजमा मात्र १४ प्रतिशतले बढेको थियो । त्यसयता कार आयात घट्दै गएपनि सरकारले विदेशी मुद्रा सञ्चिति घटाउने मुख्य दोषी मान्दै आयात रोक्का गरेको छ ।

यस्तै चालु आवको भदौ, असोज, कात्तिक, मंसिर र पुसमा मात्र मोटरसाइल आयात बढेको छ ।

कुन महिना कति कार तथा बाइक आयात ? अघिल्लो आवको सोही अवधिभन्दा कति कम ?

विभिन्न प्लेटफर्ममा जानकारले गत आवभरभन्दा चालु आवको पहिलो ९ महिनामा बढी कार तथा बाइक आयात भएको बताएपनि यथार्थ भने त्यस्तो छैन । आव २०७७/७८ मा १४ हजार ८ सय ८६४ वटा कार, जिप तथा भ्यान आयात भएकामा चालु आवको ९ महिनामा (चैत मसान्तसम्म) १२ हजार ७३६ वटामात्र कार आयात भएको छ । यस्तै २५० सीसीभन्दा ठूला मोटरसाइकल आयात २३ प्रतिशत कम छ । अघिल्लो आव ८ हजार १५४ वटा त्यस्ता बाइक आएकामा चालु आवको ९ महिनामा ६ हजार ३१८ वटामात्र बाइक आएका छन् ।

यसअवधिमा यी वस्तुको आयात रकम पनि घटेको छ भने यसले राजस्वमा दिने योगदान पनि कम नै छ ।

नाडाका अनुसार कुल आयातको मात्र ६ प्रतिशत अटो सम्बन्धि वस्तु आयात हुने गरेका छन् तर आयात राजस्वमा दोस्रो बढी (२१ प्रतिशत) योगदान कर्ता क्षेत्र अटो नै हो । गत आवमा कुल ९७ अर्ब ३८ करोडको आयात अटोमोबाल्सको भएको छ भने करिब बराबर रकम राजस्वमा योगदान दिएको छ । चालु आवको ९ महिनामा ८२ अर्बको मात्र आयात हुँदा ७४ अर्ब रुपैयाँ राजस्वमा योगदान दिइसकेको छ ।

यता सरकारले आयातमा प्रतिबन्ध लगाएका अटोजन्य बस्तुको आयात कुल आयातको १ प्रतिशतमात्र हो भने ती वस्तुले ९ प्रतिशत राजस्व योगदान गर्ने गरेका छन् । यसर्थमा सरकारको आयात प्रतिबन्ध नीतिले मात्र १ प्रतिशत आयात निरुत्साहन भएपनि राजस्व संकलन गर्ने आफ्नै लक्ष्यमा बञ्चरो हानेको छ ।

अर्कातर्फ प्यासेन्जर गाडि (कार र बाइक)को आयातले पेट्रोलियम उत्पादन आयात बढाउँछ र अर्थतन्त्रमा नकारात्मक पार्छ भन्ने मान्यता पनि सही छैन । आयातित इन्धनमध्ये ५९ प्रतिशत डिजेल, २१ प्रतिशत पेट्रोल, १७ प्रतिशत ग्यास, २ प्रतिशत हवाइ इन्धन र १ प्रतिशत मट्टितेल हो ।

सबैभन्दा बढी हिस्सा आगट्ने डिजल उद्योग, सामान ढुवानी गर्ने सवारी तथा ठूला गाडीमा प्रयोग हुन्छ भने पेट्रोलको प्रयोग निजी सवारीले गर्छन् । पेट्रोलको खपतबाट चल्ने गाडि कार्यालय जान प्रयोग हुने भएकाले यस्ता सवारीले आर्थिक गतिविधि सुदृढ गर्न सहयोग पुर्याउँछन् ।

यसो त पछिल्लो समय इन्धनको आयात परिमाणात्मक रुपमा बढेको होइन, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले आयात मूल्य बढेको हो ।

कति आए गाडि ? कति भयो राजस्व योगदान ?


नाडाको मागः एलसी खोल्न दिनुस्
नाडाले नीजि प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ ।

१ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाजगरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको छ । नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार,जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्