Shikhar Insurance

अझै ६ प्रतिशत नेपाली टुकीकै सहारामा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार २२:३०
NIMB
Nabil Bank

काठमाडौं । २०७८ फागुनसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । २०७८ असारसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको थियो ।

अर्थात् अझै ६ प्रतिशत नेपाली टुकीको सहारामा बस्ने गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

२०७८ फागुनसम्म कुल जडित विद्युत क्षमता २०७८ असारको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भई २ हजार २ सय ५ मेगावाट पुगेको आर्थिक सर्वेक्षण २०७८/७९मा उल्लेख छ । २०७८ असारसम्म कुल जडित विद्युत क्षमता १ हजार ६ सय ८५ मेगावट रहेको थियो ।

अहिले जलविद्युतबाट २ हजार २२ मेगावाट, सौर्य प्लान्टबाट ४९.७६ मेगावाट, थर्मल प्लान्टबाट उत्पादित विद्युत ५३.४ मेगावाट, वैकल्पिक अर्जा प्रवर्छन केन्द्रबाट ७४ मेगावाट तथा चिनी मिलबाट सह-उत्पादन प्रविधि मार्फत ६ मेगावाट विद्युत उत्पादन भइहरको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत परियोजनाबाट ५८१ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित विद्युत परियोजनाबाट १ हजार ४ सय ४० मेगावाट राष्ट्रिय ग्रीडमा जडान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्