Shikhar Insurance

आयात प्रतिस्थापनको योजनासहित राम्रो बजेट आयोः महासंघ उपाध्यक्ष संघई

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार २०:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले बजेट राम्रो भएको प्रतिक्रिया दिएका छन् । निर्यातमा २ देखि ८ प्रतिशतसम्मको नगद अनुदानदेखि सरकारी जमिन उत्पादन मुलक उद्योगलाई ५० वर्षसम्मका लागि लिजमा दिने व्यवस्था सकारात्मक भएको उनले बताए ।

सरकारले बजेटमा निर्यात हुने जुत्ता चप्पल, सिमेन्ट र डण्डीको निर्यातमा २ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ ।
उद्योगहरुका लागि जग्गाको हदबन्दी हटाउने, रुग्ण उद्योगहरुले हदबन्दी भन्दा बढी जग्गा बेचेर ऋण तिर्न पाउने लगायतका सुबिधा पनि राम्रो भएको उनले बताए । उनले बजेट कार्यान्वयनको पक्ष सधै कमजोर हुने भए पनि यसपालीको बजेट उद्यमी व्यवसायीका लागि सकारात्मक भएको बताएका हुन् । ‘करका दरहरु कति छन् हेर्न बाँकी छ तर वक्तव्य सुन्दा बजेट समग्रमा राम्रो छ’, उपाध्यक्ष संघाईले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्