Shikhar Insurance

निजी क्षेत्रका सुझाव समेटिए, बजेट राम्रो आयोः महासंघ बरिष्ठ उपाध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार २०:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रका अधिकांश सुझावहरु समेटिएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुनिसकेपछि सिंहदबारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष ढकालले बजेट आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा केन्द्रित देखिएको बताएका हुन् ।

‘बजेटमा आयात प्रतिस्थापनका योजना आए, उत्पादन प्राथमिकता र निर्यातमा नगद अनुदानका व्यवस्था ठिक छन् ।’ महासंघ बरिष्ठ उपाध्यक्ष ढकालले भने । उनले उद्योगहरुका लागि जग्गा हदबन्दी हटाउनु पनि अर्काे सकारात्मक पक्ष भएको पनि बताए । ‘बजेटलाई विस्तृत रुपमा हेर्न बाँकी छ तर सरसरर्ती हेर्दा बजेट राम्रो छ । कार्यान्वयन कस्तो हुन्छ हेर्न बाँकी छ ।’, ढकालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सुदुरपश्चिम र कर्णालीमा लगानी केन्द्रित गर्ने बजेटको जोडले लगानी र विकासमा बिविधिकरण गर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्