Shikhar Insurance

नयाँ बजेटले मदिरा पिउनेलाई अझै बढी ‘पीर’ दियो ! (कति बढ्ला मूल्य?)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार २१:५३
NIMB
Nabil Bank

काठमाडौं । मदिरा पिउनेका लागि नयाँ बजेटले पिर थपेको छ । हरेक वर्षको बजेटमार्फत् मदिरामा कर बढ्ने गरेकामा यो वर्षले महंगी बढाइदिएको हो ।

आर्थिक ऐन, २०७९ ले गरेको व्यवस्था अनुसार बियर, इनर्जी ड्रिंक्स, वाइनदेखि ह्विस्कीमा अन्तःशुल्क भारी मात्रामा बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले बियरमा करमात्रै प्रतिलिटर ३० रुपैयाँले बढेको छ । बियरमा प्रतिलिटर १ सय ९८ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकामा अब २ सय २८ रुपैयाँ पुगेको छ ।

वाइनमा लाग्ने अन्तःशुल्क पनि प्रतिलिटर ३० रूपैयाँले नै बढेर १ सय ९८ रुपैयाँबाट बढेर २ सय २८ रुपैयाँ पुगेको छ ।

४८.५ प्रतिशतसम्म अल्कोहल भएको ह्विस्की तथा भोड्कालगायत मदिरामा प्रतिलिटरमा १ हजार ५ सय ९२ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकामा अबदेखि १ हजार ७ सय ५० रुपैयाँ लाग्नेछ । ४२.८ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा १ हजार १ सय ८८ रुपैयाँ अन्तःशुल्क १ हजार ३ सय ६ रुपैयाँ र ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा अन्तःशुल्क १ हजार १ सय ५ रुपैयाँबाट बढेर १ हजार २ सय १५ रुपैयाँ पुगेको छ ।

यसैगरी ३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५ सय ५५ रुपैयाँ अन्तःशुल्क बढेर ६ सय १० रुपैयाँ र २८.५३ प्रतिशतसम्मकोमा ४ सय ५० रुपैयाँ बढेर ४ सय ७२ रुपैयाँ कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्