Shikhar Insurance

३८० दिनदेखि रोकिएको इन्भेष्टमेण्ट बैंकको सेयर कारोबार खुल्यो, हिमालयनकाे भने अन्योल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १२:१३
NIMB
Nabil Bank

काठमाडौं । एक वर्षदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार आज खुला भएको छ । हिमालयन बैंकसँग मर्जरको प्रकृयामा रहेको कारण गत वर्षको बैशाख ३१ गतेदेखि यी दुबै बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।

तर, यी दुवै बैंकले आफसमा मर्जर नहुने भएपछि राष्ट्र बैंकले डि–मर्जर गराउँदै आधारभुत सेयरधनी बाहेकका अन्य सेयरधनीहरुको कारोबार खुला गराउन निर्देशन दिएको थियो । सोही अनुसार इन्भेष्टमेन्ट बैंकले सिडिएसी एण्ड क्लियरिङस् र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पत्रचार गरी सेयर कारोबार खुला गराएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनी ऐन अनुसारको दफा ५० मा आधारभुत भनेर १ प्रतिशत वा सो भन्दा बढी सेयरलाई भनिने उल्लेख छ, सोही अनुसार बैंकले १ प्रतिशत वा सो भन्दा माथिको सेयरधनीको सुची नेप्से र सिडियस एण्ड क्लियरिङमा पठाएर अन्यको खुला गराएको हो । बैंकको आधारभुत सेयरधनीमा १४ सेयरधनी सुचीकृत छन् । यी सेयरधनीहरुको भने इन्भेष्टमेन्ट बैंकले अर्को वाणिज्य बैंकसँग मर्जर नगर्दासम्म सेयर कारोबार खुला नहुने राष्ट्र बैंकले स्रोतले जानकारी दिएको छ ।

मर्जरको सम्झौता गरेसँगै वैशाख ३१ गतेदेखि  नेप्सेले यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीसम्बन्धि विनियमावली, २०७३ को व्यवस्था अनुसार सेयर कारोबार रोक्का गरेको थियो । तर, सोही व्यवस्थाले दिएको सहुलियत प्रयोग गर्दै केन्द्रीय बैंकले डि–मर्जरको स्वीकृति दिँदै आधारभुत सेयरधनीको सेयर कारोबार खुला गर्न यी बैंकहरुलाई करिब २ साता अघि पत्र पठाएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

तोकिएका आधारभुत सेयरधनीहरुको मात्र खाता रोक्का गराउन इनभेष्टमेन्ट बैंकले जेठ १० गते सिडिएसी एण्ड क्लियरिङस् र नेप्सेमा पत्रचार गरेको थियो । उल्लेखित डिम्याट खाता रोक्का गराई सिडिएसी एण्ड क्लियरिङस्ले नेप्सेमा शुक्रबार पठाएको थियो । जसअनुसार सोमबारदेखि कारोबार खुलाएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

सोमबार ११ बजेदेखि नै खुला भएको इनभेष्टमेन्ट बैंकको सेयर प्रतिकित्ता ४ सय ५ रुपैयाँमा कारोबार शुरु भएको थियो । अहिले यो बैंकको सेयरमा नकारात्मक सर्किट लागि मूल्य ४० रुपैयाँ बढीले घटिसकेको छ ।

यता हिमालयन बैंकले भने सेयर कारोबार खुला गर्नको लागि नेप्से र सिडियस एण्ड क्लियरिङमा पत्रचार नै गरेको छैन । हिमालन बैंकले सेयर कारोबार खुला गराउन सम्बन्धित निकायमा पत्रचार गर्ने तयारी गरिरहेको बैंक स्रोतले जानकारी गराएको छ ।

 

नेपाल इन्भेष्टमेण्ट बैंकमा १ प्रतिशतभन्दा बढी सेयर रहेका सेयरधनीहरूः

– राष्ट्रिय बीमा कम्पनी : १२.०६%
– महालक्ष्मी इन्भेष्टमेन्ट : ७.१%
– छाँया इन्भेष्टमेन्ट : ६.६%
– केयूपी इन्भेष्टमेन्ट : ६.२८%
– सोफिया इन्भेष्टमेन्ट : ५.९७%
– नागरिक लगानी कोष : १.८४%
– अन्नपर्ण इन्भेष्टमेन्ट : १.३२%
– सुर्य इन्फोसिस : १.३२%
– प्रेष्टाइन इन्भेष्टमेन्ट : १.३२%
– कमला इन्भेष्टमेन्ट : १.२६%
– नोवल इन्भेष्टमेन्ट : १.२६%
– लोटस इन्भेष्टमेन्ट : १.१६%
– राष्ट्रिय बीमा संस्थान : १.०३%
– मर्कन्टाइल इन्भेष्टमेन्ट : १.०३%

हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकका आधारभुत सेयर (संस्थापकसहित) को मात्रै सेयर कारोबार रोक्का राख्न बैंकलाई सहुलियत दिएसँगै कारोबार फुकुवा हुने भएको हो । हिमालन बैंक र इन्भेष्टमेन्ट बैंकले २०७८ वैशाख ३० गते आपसमा मर्जरको सम्झौता गरेर राष्ट्र बैंकका स्वीकृतिका लागि आवेदन दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्