Shikhar Insurance

प्राइम लाइफ स्थापनाको १४ वर्ष पूरा, लगानीकर्ता र ग्राहक रिझ्याउने यस्ता छन् वित्तीय सूचक

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १७:१७
NIMB
Nabil Bank

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स स्थापना भएको १४ वर्ष पुरा भएको छ । २०६५ जेठ २२ गते स्थापना भई संचालनमा कम्पनी १५औँ वर्षमा प्रवेश गरेको हो ।

सो अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वको काम गरेको छ । कम्पनीले सहयोग स्वरुप अति सिमान्तकृत वर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँपालिका वडा नं ०१ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोही गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाई दुवै स्थानमा भाँडाकुँडा हस्तान्तरण गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापीत गरेको छ । सबल सुरुवात सँगसँगै सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन कम्पनी सफल भएको छ ।

कम्पनीको हाल चुक्तापुँजी २ अर्ब ७८ करोड छ । कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड छ । कम्पनीले हालसम्म १७ लाख ५९ हजार ३ सय ४४ बीमालेख जारी गरी २६ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीमा लगानी गर्ने लगानीकर्ताले प्रतिफल पनि राम्रो आर्जन गरेका छन् । कम्पनीले आ.व. २०७२/७३ देखि सेयरधनिहरुलाई लाभांश (बोनश तथा नगद) उपलब्ध गराइरहेको छ ।

आव २०७२/७३ मा २५ प्रतिशत लाभांश दिएको कम्पनीले त्यसयताको आवमा क्रमशः १२.५, १२.५, १५, १२.५ प्रतिशत लाभांश दिएको छ ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्राथमिकता दिंदै आइरहेको कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको दाबी गरेको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्ने कम्पनीको भनाइ छ ।

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी ले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्छन् भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ ।

शुरु देखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए ।

ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको यस कम्पनीले यो सेवा संगै ग्राहकहरुको कार्यमा थप सहज भई निजहरुको सन्तुष्टि बढ्ने विश्वास गरेको छ । यस कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्