Shikhar Insurance

दुर्गममा महालक्ष्मीः म्याग्दीको नारच्याङ्गमा बीमा जागरण कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १६:३७
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ नारच्याङ्गमा “यूवासँग महालक्ष्मी लाईफ” बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बीमा प्रतिको जानकारी र आकर्षण बढ्ने बताइन् । २६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको धवलागिरी क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

महालक्ष्मी लाईफले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम गत वर्ष २०७८ आश्विन महिनाबाट संचालनमा ल्याएको थियो । बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम २०७८ चैत्र सम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा सञ्चालन भईसकेको छ । पहिलो चरणको बीमा जागरण कार्यक्रम धेरै प्रभावकारी भएकोले छिट्टै यस सम्बन्धी नयाँ कार्यक्रम लिएर आउन लागेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्