Shikhar Insurance

अम्बिका पौडेलको तर्कः १५ खर्ब हैन, लगानीकर्ताको १९ खर्ब ध्वस्त-स्वाहा भयो, साउन १ देखि ‘डिजास्टर’

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार ०८:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारको ओरालो यात्राले लगानीकर्ताको १५ खर्ब रूपैयाँमात्र नभएर १९ खर्ब रूपैयाँ गुमेको बताएका छन्‌ । ४४ खर्ब क्यापिटलाइजेनस भएको सेयर बजार २९ खर्बमा ओर्लिएको स्थितिमा पौडेलले यस्तो तर्क गरेका हुन्‌ ।

‘यसबीचमा ४ खर्ब पुँजी भएका कम्पनी थपिएका पनि त छन्‌,’ पौडलले एक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘क्याप ४४ बाट २९ मा झर्दासम्म ४ खर्बको पुँजी भएका कम्पनीको पनि त हिसाब गरौं । यस अर्थमा १९ खर्ब ध्वस्त भयो, झ्वाम भयो । यो भनेको ४३ प्रतिशत नोक्सानी भयो ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले नेपाली पुँजीबजारको सबैभन्दा ठूलो समस्या नीतिगत अस्थिरता रहेको दाबी गरे । ‘सरकार र नियामकले भनेका र वार्षिक कार्यक्रममा राखेका योजना कार्यान्वयन नगर्नु पुँजीबजार यसरी अस्थिर हुनुको प्रमुख कारण हो,’ पौडेलले भने ।

उनले आफ्नो पछिल्लो निश्कर्ष यस्तो रहेको बताएका हुन् । ‘विगतमा लिएका नीति पटकपटक फेरबदल भएका छन्, ब्याजदर आदि त सामान्य कारण हो,’ पौडेलले भने, ‘यसबीचमा नीतिगत विचलन भयो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी बजारमा लगानी गर्न रोक्यो, यतिले भएन । माइक्रोफाइनान्सको सेयर बेच्न बाध्य बनाइदियो । सेयर बजारलाई पेशा, व्यवसाय नमानेर ४/१२ करोडको नीति लियो । पुँजी बजारको लगानीलाई अरूभन्दा डेढ गुणा (रिस्क वेट १५०%) बढी जोखिम भनिदियो ।’ साउन १ देखि लागु हुने नयाँ रिस्क वेटले झनै डिजास्टर निम्त्याउने उनको दाबी छ ।
‘पुँजीबजार दुर्घटनामा गइसक्यो, १९ खर्ब लस हुनु भनेको दुर्घटना भएको होइन,’ पौडेलले प्रश्न गरे ।

राष्ट्र बैंकले १५ अर्ब सेयर लोन घटाएको उनको तर्क छ । पुँजीबजारमा ‘सर्वाधिक’ कर्जा गएको राष्ट्र बैंकको दाबी नकार्दै उनले भने, ‘कुल लोनको २.७५ प्रतिशत लोन सेयरमा गएको रहेछ । रियल स्टेटमा कति गएको छ ? आयातमा कति गएको छ ? २.७५ ठूलो फिगर हो ? यही २.७५ लाई लक्षित गरेर ल्याइएका नीतिले बजारमा १९ खर्ब नोक्सानी भयो ।’ आर्थिक रूपमा सडकमा पुगिसकेका लगानीकर्ता अहिले भौतिक रूपमै सडकमा आएको उनको भनाइ छ ।

‘हामी व्यवसायी सडकमा जानुपर्ने हो र ? सरकारले, हाम्रो अभिभावकले हाम्रा कुरा नसुनेपछि हामी कहाँ जाने भन्नुस् त,’ पौडेलले दुःखेसो गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्