Shikhar Insurance

बामदेव गौतमले भनिदिएः एसपीपी अघि बढाउने केपी ओली नै हुन

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १३:३३
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले एसपीपी सम्झौता एमाले अध्यक्ष केपी ओलीले नै सुरु गरेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय सभामा बिशेष समय लिएर बोल्दै उनले एसपीपी सम्झौता ओली प्रधानमन्त्री हुँदा नै अघि बढेको बताएका हुन् ।

‘अस्ति मात्रै एउटा पत्र आएको छ र त्यो पत्रले स्पस्ट पारिदिएको छ कि यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेला प्रधानमन्त्री भएको अध्यक्षज्यू सहभागी हुनुहुन्छ, सदनलाई साँचो कुरा बताउनुपर्दछ’, गौतमले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले एसपीपीले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा सामेल गराउने नियत राखेको आरोप पनि लगाए ।
उनले जसका पालामा प्रस्ताव आएको भएपनि त्यसलाई अघि बढाउने काम भने केपी ओलीले नै गरेको बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्