Shikhar Insurance

कोरोनाकालमा लुटधन्धा चलाउने बिध ल्याबका सञ्चालक विरुद्ध सवा ६ करोडको भ्रष्टाचार मुद्दा

सुब्बा हुँदा कमाएका थिए अकुत सम्पति
सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिध ल्याबका सञ्चालक भिमकान्त भण्डारी विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । भण्डारीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापामा बरिष्ठ व्यवस्थापन सहायक रहँदा भ्रष्टाचार गरि अकुत सम्पति कमाएको आरोपमा आयोगले बिशेष अदालत काठमाडौंमा ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्धा हालेको हो ।

भण्डारीले २०७३ असोज २१ मा राजपत्र अनंकित प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेर २०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका थिए ।
कोरोनाकालमा अत्यधिक शुल्क लिएर पीसीआर जाँच गरेको आरोप उनीमाथि छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु २६ लाख ६१ हजार ६३६ आय आर्जन गरेको देखिएको अख्तियारको भनाई छ ।

तर,निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ खर्च तथा लगानी गरेको देखिएको छ ।

यसरी ६ करोड २४ लाख रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको अख्तियारको भनाई ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्