Shikhar Insurance

राष्ट्र बैंकको नितिले नै बजार घटाएको हो, ४/१२ परिमार्जन हुनु पर्छ : रमेश हमाल

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार १७:४८
NIMB
Nabil Bank

काठमाडौं। धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेयर बजार घट्नुको प्रमुख कारण राष्ट्र बैंकको नितिलाइ मानेका छन । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले ४/१२ को नितिले बजार घटेको हुदा संशोधनको लागि पहल भइरहेको बताए ।

उनले बजार घट्नुको दोष बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई लगाए । राष्ट्र बैंकले ल्याएको जोखिम भार सम्बन्धि नीतिका कारण पनि समस्या भएको बताए । उनले यस विषयमा अर्थमन्त्रालय मार्फत राष्ट्र बैंकसँग कुरा गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले नीति बनाउँदा समन्वय नगरेको समेत उनले आरोप लगाए । ‘राष्ट्र बैंक, बीमा समिति हामी जस्ता नियामक निकायहरु बीच नीति बनाउदा एक अर्कामा समन्वय हुनुपर्ने हो,’ उनले भने, ‘समन्वय पनि राष्ट्र बैंक मार्फत हुनुपर्छ, यस विषमा हामी राष्ट्र बैंक सँग कुरा गर्छौं ।’

उनले पुँजीबजार सुधार सुझाव समितिले मौद्रिक नितिमा ४/१२ को व्यवस्था परिवर्तन गर्न अध्ययन सुरु गरेको जानकारी दिए ।

हमालका अनुसार कर्जा चुक्ता गर्नलाई लगानीकर्ताले सेयर बेच्दा सेलिङ चाप बढेको बताए ।

बजारको माग सम्बोधन गर्न मर्जिन कर्जामा जोखिम भार बढाउने, ४/१२ को नितिमा समस्याको समाधानस्वरूप कर्जा नवीकरण गर्ने व्यवस्था गर्न लगाउने विकल्प रहेको जिकिर गरे ।

पारस्परिक सम्बन्ध भएका वित्तीय क्षेत्रका नियमकारी निकायबीच अर्थ मन्त्रालयको माध्यमबाट समन्वय हुनु पर्ने बताउँदै हमालले बैंक, बीमाका नियामकको नीति निर्देशनको नकारात्मक प्रभाव सेयर बजारमा नपरोस् भन्ने ग्यारेन्टी अर्थ मन्त्रालयको तर्लबाट हुनुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्