Shikhar Insurance

महालक्ष्मी लाइफले अभिकर्तालाई दियो बीमा प्रोडक्ट बेच्ने कलाबारे तालीम

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौंमा “साइन्स अफ सेल्स” सम्बन्धी एक दिने प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा /उपशाखाको अभिकर्ताहरुलाई विक्रि कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखा/उपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागिहरुको स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारे । लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा संभावित वीमितको पहिचान, उनीहहरुसँग गरिने व्यवहार, विक्रि कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रबर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्