Shikhar Insurance

पाकिस्तानमा बैंकहरुले ब्याज लिनै नपाउने फैसला, केन्द्रिय बैंक पुग्यो सर्वाेच्च अदालत

सिंहदरबार संवाददाता
२०७९ असार १२, आईतवार ११:१४
NIMB
Nabil Bank

काठमाडौं । शरिया अदालतले मुलुकलाई ब्याज मुक्त गर्नपर्ने आदेश दिएपछि स्टेट बैंक अफ पाकिस्तानले सर्वाेच्च अदालत गुहारेको छ । पाकिस्तानको केन्द्रिय बैंकले शरिया अदालतको फैसाल विरुद्ध सर्वाेच्च अदालतमा अर्काे मुद्धा हालेको हो ।

पाकिस्तानको केन्द्रिय शरिया अदालतले २८ अप्रिलमा ब्याज मुक्त अर्थतन्त्र सम्बन्धी बिभिन्न मुद्धाहरुको १९ वर्षपछि फैसला गरेको थियो । अदालतले २०२७ सम्म पाकिस्तानी अर्थतन्त्रलाई ब्याज मुक्त गराउन भनेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

शरिया कोर्टमा ३ जना न्यायधिशहरुको बेञ्चले ब्याज मुक्त बनाउनु धार्मिक तथा कानुनी जिम्मेवारी हो र कुनै पनि हालतमा ब्याजको अन्त्य गर्नु सरकारको मुल जिम्मेवारी हुनेछ भनेको थियो ।

इस्लाम धर्ममा ब्याज लेनदेनमा बन्देज छ र त्यसलाई ‘हराम काम’ मानिन्छ । अदालतले ब्याज कारोबारको अन्त्य गर्न पाँच वर्षको समय पर्याप्त हुनेछ र हरेक वर्षको उपलब्धि संसदमा पेश गर्नुपर्ने भनेको थियो ।

शरिया कोर्टको यहि फैसला विरुद्ध स्टेट बैंक अफ पाकिस्तानले सवर्वाेच्च अदालतमा चुनौति दिएको थियो । शरिया अदालतको फैसाल विरुद्ध पाकिस्तानको सबै भन्दा ठूलो सरकारी बैंक र अन्य चार वटा बैंक मिलेर सर्वाेच्च अदालतमा मुद्धा हालेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्