Shikhar Insurance

तेल किन्न आफ्नै कार्यालय धितो राखेर ३ अर्ब ऋण लिदै निगम, टाट पल्टिएकै हो ?

सिंहदरबार संवाददाता
२०७९ असार १४, मंगलवार २३:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले तेल किन्ने पैसा नभएपछि आफ्नै केन्द्रिय कार्यालय र जमिन धितोमा राखेर ऋण लिने भएको छ । अर्थ मन्त्रालय जमानी बसेपछि निगमले आफ्नो २९ रोपनी जमीन र केन्द्रिय कार्यालय धितोमा राखेर ३ अर्ब ऋण लिन लागेको हो ।

निगमलाई पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिाज्य बैंकले ऋण दिने समझदारी भएको छ । अर्थ मन्त्री जनार्दन शर्मा, वाणिज्य मन्त्री दिलेन्द्र वडु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, निगमका कार्यकारी निर्देशक उमेश थानीको छ्लफलले त्यस्तो निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निगमले ११ महिनामा ४९ अर्ब ५० करोड घाटा ब्यहोरेको छ । निगमले भारतीय आयल निगमलाई २२ अर्ब रुपैयाँ तिर्न बाकी छ । निगमले सरकारसंग भ्याट फिर्ता बापत ५ अर्ब रुपैयाँ लिन बाँकी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्