Shikhar Insurance

सुनको मुल्य १०० रुपैयाँले बढ्दा, चाँदी सस्तियो

सिंहदरबार संवाददाता
२०७९ असार १५, बुधबार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । बुधबार नेपालको बजारमा सुनको मुल्य बढ्दा चाँदीको मुल्य भने घटेको छ ।

अघिल्लो दिन स्थिर रहेको छापावल सुनको मूल्य आज भने सय रुपैयाँले बढेको हो । बुधबार छापावल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला सय रुपैयाँले बढेको हो । बुधबार तेजावी सुन ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य १०० रुपैयाँले बढ्दा चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको जनाएको छ । ब्धबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १२ सय ५५ रुपैयाँका खरिदबिक्रि भएको थियो ।

पछिल्लो समय सुनचाँदीको उपभोग कम भएकोले सुनचाँदीको मूल्यमा ठूलो परिवर्तन आएको छैन । अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्