Shikhar Insurance

८८ कम्पनीको सेयर कारोबार रोक्का हुँदै, ७ वाणिज्य बैंकसहित ४० वित्तीय संस्था नेप्सेको कारबाहीमा

कुन कुन परे ? (सूची सहित)
दिलु कार्की
२०७९ असार १६, बिहीबार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ८८ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का हुने भएको छ । नेप्सेले समयमै वित्तीय विवरण नबुझाउने बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रो पावर लगायत ८८ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने भएको हो ।

अहिले नेप्सेमा ३ सय ३४ वटा कम्पनीहरु सूचीकृत छन् । जसमध्ये ८८ वटा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षदेखि चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण नेप्सेलाई बुझाएका छैनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

धितोपत्र सूचीकरण विनियमावली, २०७५ परिच्छेद ५ को बुँदा नम्बर १६ मा गरिएको व्यवस्था अनुसार संगठित संस्थाले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको १ महिना भित्र सो अवधिको काम कारवाही र वित्तीय विवरण सहितको प्रतिवेदन नेप्सेमा पेश गर्नु पर्नेछ । यदी तोकिएको समयमा संगठित संस्थाले वित्तीय विवरण पेश नगरे सूचीकरण स्थगन गर्न सक्ने अधिकार नेप्सेलाई सो विनियमावलीले दिएको छ ।

तर, नेप्सेले हालसम्म उक्त विनियमावलीमा भएको व्यवस्था उल्लंघन गर्ने सूचीकृत कम्पनीहरुलाई कारवाही गरेको छैन । सूचीकृत कम्पनीहरुले पेश गरेको वित्तीय विवरणलाई ‘डिजिटल माध्यमबाट प्रमाणीकरण गरी नेप्सेले आफ्नो वेबसाइटमा अपलोड गर्छ । कुन कम्पनीले कहिलेसम्मको वित्तीय विवरण पठाएको हो ? र नपठाउने कम्पनीहरुलाई ताकेता लगाउने काम हालसम्म नगरेको नेप्सेले अहिले भने विनियमावलीको व्यवस्था अनुसार डण्डा चलाउने भएको हो ।

नेप्सेमा सूचीकृत ११ समूहका ८८ कम्पनीहरुले समयमै वित्तीय विवरण नबुझाएका हुन् ।

सूचीकरण विनियमावलीको व्यवस्था उल्लंघन गर्नेमा नेपाल राष्ट्र बैंकको नियमनमा पर्ने ४० वटा बैंक तथा वित्तीय संस्थाहरु छन् । जसमध्ये ७ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक, ११ वटा फाइनान्स कम्पनी र १२ वटा लघुवित्त वित्तीय संस्था छन् । यसैगरी बीमा समितिको नियमनमा रहेका ५ वटा निर्जीवन र ४ वटा जीवन गरी ९ वटा बीमा कम्पनीहरुले पनि नेप्सेमा समयमै वित्तीय विवरण पेश गरेका छैनन् ।

यस्तै, नेप्सेमा समयमै वित्तीय विवरण पेश नगर्नेमा १९ वटा हाइड्रोपावर कम्पनी, १४ वटा उत्पादन तथा प्रशोधन कम्पनीहरु, ३ वटा अन्य कम्पनी र १ वटा लगानी सम्बन्धी कम्पनी छन् ।

यी कम्पनीहरुले नियम अनुसार वित्तीय विवरण नबुझाएसम्म सेयर कारोबार रोक्का गरिने नेप्सेका कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले बताए ।

‘धितोपत्र नियमावली अनुसार प्रत्येक त्रैमास सकिएकोे १ महिना भित्र वित्तीय विवरण नेप्सेमा नबुझाए सेयर कारोबार रोक्का गर्न सकिने व्यवस्था छ,’ सीईओ कार्कीले सिंहदरबारसँग भने, ‘गत चैत मसान्तसम्मको वा सोभन्दा अघिदेखि नै वार्षिक र त्रैमासिक वित्तीय विवरण नेप्सेमा नबुझाउने ‘सूचीकृत कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने प्रक्रिया हामीले सुरु गरेका छौं ।’

पहिलो चरणमा वित्तीय विवरण नबुझाउनुका कारण निक्र्योल गरी पत्र पठाइने र मनासीव जवाफ प्राप्त नभए तोकिएका वर्ष र त्रैमासका वित्तीय विवरण प्राप्त नहुँदासम्म सेयर कारोबार रोक्का गरिने उनले बताए ।

‘मर्जर तथा प्राप्तिमा गएका कम्पनी र संस्था खारेजी नै भएका कम्पनी बाहेकका सूचीकृत सबै कम्पनीहरुको वित्तीय विवरण प्राप्त भए/नभएको एकिन गर्ने काम सुरु गरिएको छ,’ उनले थपे, ‘अहिलेसम्म नेप्सेले समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई कारवाही गरेको थिएन अब गर्छ ।’

नेप्सेको वेबसाइटमा गत चालु आवको तेस्रो त्रैमाससम्मको र गत आवको वित्तीय विवरण अपलोड नभएका कम्पनीहरुको बारेमा सम्बन्धित विभागलाई अपडेट हुन उनले निर्देशन दिइसकेका छन् । वित्तीय विवरण नबुझाउने कम्पनीहरुको सूची तयार गरी कारोबार रोक्का गरिने उनले जानकारी दिए ।

‘असार मसान्त अगावै ती कम्पनीहरुलाई वित्तीय विवरण प्राप्त नभएको जानकारी दिइन्छ, दिइएको समयमा उचित कारण पेश नगरे कारोबार रोक्का हुन्छ,’ उनले थपे, ‘अहिले कारोबार रोक्का गर्ने प्रावधान मात्र छ, अब विनियमावली संशोधन गरेर वित्तीय विवरण नबुझाएको समयावधी हेरेर जरिवानाको समेत व्यवस्था हुन्छ ।’

नेप्सेले चैत मसान्तसम्म वित्तीय विवरण नबुझाउने सूचीकृत कम्पनीलाई सेयर कारोबरा रोक्का गरेपनि आगामी असार मसान्तसम्मको वित्तीय विवरण समयमै पेश नगर्ने कम्पनीहरुलाई भने जरिवाना समेत तिराउन सक्ने उनको भनाइ छ ।

नेप्सेको कारवाहीमा पर्ने कम्पनीहरु
नेप्सेको कारवाहीले सेयर कारोबार रोकिने वाणिज्य बैंकहरुमा एनसीसी बैंक, सानिमा बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

साथै, विकास बैंकहरुमा कर्पोरेट, ज्योति, लुम्बिनी, महालक्ष्मी, सांग्रिला, सप्तकोशी, सिन्धु, नारायणी, मितेरी र कर्णली डेभलपमेन्ट बैंकले पनि विवरण सार्वजनिक गरेर नेप्सेलाई बुझाएका छैनन् ।

यस्तै, फाइनान्स कम्पनीहरुमा सेन्टल, गुडविल, गुह्वेश्वरी, गुर्खाज, मल्टिप्रपोज, पोखरा, प्रोगेसिप, रिलाइन्स, समृद्धि, सिर्जना र जानकी फाइनान्स छन् । साथै माइक्रोफाइनान्सतर्फ लक्ष्मी, निर्धन, एनएमबि, सीपाइसी, न्यू नेशलन, न्यून जनउत्थान, सुर्योदय, स्वदेशी, उपकार, विजय, आरएमडीसी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको नेप्सेले सेयर कारोबार रोक्ने प्रक्रिया सुरु गरेको हो ।

सूचीकृत बीमा कम्पनीहरुमध्ये सेयर कारोबार रोकिने प्रक्रियामा हिमालयन जनरल, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जलरल, ज्योति लाइफ, एलआईसी नेपाल, प्राइम लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स हुन् ।

उल्लेखित बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिको प्रकृयाका कारणले यसअघि नै सेयर कारोबार रोक्का छ । यस्ता कम्पनीहरु सर्टलिस्ट गरी ताकेता नगर्ने सीईओ कार्कीले जानकारी दिए । साथै, चैत मसान्तयता सूचीकृत कम्पनीलाई समेत आगामी असार मसान्तसम्म ताकेता नगरिने उनले बताए ।

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीहरु

GBIME

प्रतिक्रिया दिनुहोस्