Shikhar Insurance

२८ लघुवित्त राष्ट्र बैंकको फन्दामा, नगद जरिवानादेखि कारोबार रोक्का सम्मको कारवाही

कुन कुन परे ? (सूची सहित)
सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार १७:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरित कारोबार गर्ने २८ वटा लघुवित्तलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागले गरेको अनुगमन तथा निरीक्षणको क्रममा गल्ती गर्ने संस्थाहरु परेका हुन् ।

सो अवधिमा गुनासोको आधारमा विषेश निरीक्षणमा १ वटा संस्था परेको थियो भने, तोकिएको अनिवार्य नगद मौज्दात कामय नगर्ने ३ वटा लघुवित्त, प्राथमिक पुँजी र ८ प्रतिशत पुँजी कायम नगर्ने ३ वटा संस्था, ५ प्रतिशतभन्दा बढी खराब कर्जा अनुपात भएका ११ वटा संस्था, १५ प्रतिशतभन्दा बढी ब्याजदर निर्धारण गर्ने १० वटा संस्थालाई कारवाही गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीय बैंक लघुवित्त सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७७/७८ मा १८ वटा संस्थामा स्थलगत निरीक्षण गरेको थियो । जसमध्ये आधादर्जन संस्था पटक पटक कारवाहीमा परेका छन् ।

सो अवधिमा गरिएको स्थलगत सुपरिवेक्षणका क्रममा कुल जोखिम भारित सम्पतिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजी कोष कायम गर्नु पर्ने व्यवस्था उल्लंघन गर्ने ३ वटा संस्थालाई राष्ट्र बैंकले शिध्र सुधारात्मक कारवाही गरेको छ । जसमा समाज लघुवित्त, विन लघुवित्त र घोडीघोडा लघुवित्तले पुँजीकोष कायम नगर्दा कारवाहीमा परेका हुन् ।

यस्तै, राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा रहेको ११ वटा लघुवित्तलाई समेत सुधारका लागि आवश्यक कारवाही गरेको थियो । जसमा बुद्धको ज्योतीको ८.८१ प्रतिशत, नेरुडेको ८.३२ प्रतिशत, बिपिडव्लकाअ‍े ७.८५ प्रतिशत, यूनिकको ६.९७ प्रतिशत, सामुदायिकको ६.८६ प्रतिशत, कालिकाको ६.२० प्रतिशत, सुपर लघुवित्तको ५.८८ प्रतिशत, मानुषीको ५.८१ प्रतिशत, नेपाल एग्रोको ५.६० प्रतिशत र आत्मानिर्भर लघुवित्तको ५.०७ प्रतिशत खराब कर्जा अनुपात रहेको थियो ।

राष्ट्र बैंकले गत आवमा अनिवार्य नगद मौज्दात कायम नगर्ने ३ वटा लघुवित्तलाई कारवाही गरेको छ । जसमा ग्रामीण लघुवित्तलाई ५४ रुपैयाँ ८० पैसा, सारथी लघुवित्तलाई ३ सय ६२ रुपैयाँ ३३ पैसा र आरम्भ चौतारी लघुवित्तलाई २ हजार ८ सय ८८ रुपैयाँ २५ पैसा जरिवाना तिराएको हो ।

साथै, राष्ट्र बैंकले तोकेको १५ प्रतिशत भन्दा बढी ब्याजदर ग्राहकसँग असुल्ने १० वटा लघुवित्त पनि कारवाहीमा परेका छन् । जसमा डिप्रोक्स लघुवित्तले १५.६७ प्रतिशत, मिथिला लघुवित्तले १५.४८ प्रतिशत, फरवार्ड लघुवित्तले १५.२४ प्रतिशत, लक्ष्मी लघुवित्तले १५.१८ प्रतिशत, सुर्योदय लघुवित्तले १५.१४ प्रतिशत, मानुषीले १५.४० प्रतिशत, युनिक लद्धुवित्तले १५.१० प्रतिशत, सामुदायिकले १५.०८ प्रतिशत, बुद्ध ज्योतीले १५.०१त्त प्रतिशत र नेष्डो लघुवित्तले १५.०१ प्रतिशत ब्याजदर कर्जाका ग्राहकलाई लिएका थिए ।

गत आवमा राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले विशेष स्थलगत निरीक्षणमा नाडेप लघुवित्त परेको थियो । संस्थामा सार्वजनिक सञ्चार माध्यम, विभिन्न सरकारी एवम् अन्य निकायहरुको अनुरोध/निर्देशन/आदेश, उजुरी एवम् अन्य स्रोतबाट प्राप्त जानकारीको आधारमा विषेश निगरानी गरी आवश्यक निर्देशन दिएको उल्लेख गरेको छ ।

संस्थाको स्थलगत निरिक्षण तथा गैर–स्थलगत सुपरीवेक्षण प्रतिवेदनमा औंल्याइएका कैफियतहरुको सुधार गर्न दिइएका निर्देशनहरुको कार्यान्वयनको अवस्था सम्बन्धमा लघुवित्त वित्तीय संस्थाले पेश गरेको प्रतिउत्तर र सोसँग सम्वन्धित विषयहरुमा विभाग विश्वस्त हुन चाहेमा वा अनुगमन निरिक्षणको आवश्यकता देखिएमा विभागबाट अनुगमन निरीक्षण कार्य गर्ने गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्