Shikhar Insurance

गाडी आयात खोल्न प्रधानमन्त्री सकारात्मक, ‘व्यापार घाटा भन्दा राजश्वमा योगदान धेरै’–नाडा

सिंहदरबार संवाददाता
२०७९ असार २२, बुधबार २०:०८
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निजी गाडीहरुको आयात खुला गर्न आफु सकारात्मक रहेको बताएका छन् । नाडा अटोमोबाइल एसोसियसन अफ नेपालको प्रतिनिधी मण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले आफु निजी प्रयोगका गाडीहरुको आयात खोल्न सकारात्मक रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढदो व्यापार घाटा कम गर्न पनि सुझाव दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटमा नाडा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरुले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने बताए । तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा अटोमोबाइल क्षेत्रको अंश अत्यन्त सानो भएको र योगदान भने धेरै उच्च रहेको समेत अध्यक्ष थापाले बताए ।

उनले तथ्यहरुलाई मनन गर्दै कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल फुकाउनुपर्नेमा उनको जोड थियो ।

यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा आयोजना गरिने जानकारी समेत दिए । अटोशोका लागि सवारीसाधनको आयात खुला गर्नुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्