Shikhar Insurance

साउनमा बैंककाे ब्याजदर नबढ्ने, निक्षेपमा अधिकतम ११.०३ % नै कायम गर्ने संघकाे निर्णय

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार ११:३७
NIMB
Nabil Bank

काठमाडौं । साउन महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । विगत ४ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई असार महिनामा पनि कायमै राख्ने सहमति वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको हो ।

ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निश्कर्ष निकाल्दै साउन महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको नेपाल बैंकर्स संघका एक सदस्यले जानकारी दिए ।
‘ब्याजदर बढाउँदैमा थप निक्षेप संकलन नहुने रहेछ, त्यही भएर संघले साउन महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । अहिले सबै बैंकका साथहरुबीच औपचारीक सहमति लिने काम भइरहेको छ,’ संघ ती सदस्यले सिंहदरबारसँग भने, ‘दर बढाउँदा खर्चमात्र बढाउने भन्दै साउन महिनामा पनि पुरानौ ब्याजदरलाई यथावत राख्ने एक तहको सहमति भएको हो ।’

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिानादेखि बैंकको ब्याजदर बढाउनु पर्ने आवश्यकता औल्याइ रहँदा बैंकरहरुले भने नबढाउने निर्णय गरेका हुन् । तरलता अभावको अहिलेको अवस्थामा निक्षेपको ब्याजदर बढाउँदा अस्थिरता सिजना हुने ती सदस्यको भनाइ छ । संघका सदस्य बैंकरहरुसँग अनौपचारीक रुपमा ब्याजदर नबढाउने सहमति भएको हुँदा आधिकारीक रुपमा संघले विज्ञप्ती नै जारी गर्ने उनले बताए ।

वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) को १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख र जेठमा सोही दरमै ब्याज पाएका थिए । अब असार महिनामा पनि सोही दरमा ब्याज पाउने निश्चित भएको छ । यता विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले हालसम्म ब्याजदर थपघट सम्बन्धि कुनै निर्णय गरिसकेका छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्