Shikhar Insurance

आर्थिक वर्षको अन्तिम करोबारको दिन नेप्से सामान्य अंकले बढ्दा, ऋणपत्रहरुमा आकर्षित लगानिकर्ता

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार १४:१५
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबारको तुलनामा ७.९३ अंकले बढेर २,००९.४६ को विन्दुमा बन्द भएको हो ।

आर्थिक वर्ष २०७८.०७९ को अन्तिम कारोबारको दिन लगानीकर्ताको आकर्षण देखिएको हो । यस दिन लगानिकर्ताहरु ऋणपत्रतर्फ बढी आकर्षण भएको छ । आजसम्म नेप्सेमा सूचिकृत ऋणपत्रधनीले ब्याज पाउने भएका करण ऋणपत्रको मूल्य बढेको हो

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार शुक्रबार २३१ कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँमा खरिदबिक्री भयाे ।
कारोबारमा आएका ७२ कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको घटेको छ भने ५ कम्पनीको सेर मल्य स्थिर छ ।

यसदिन ३ वटा ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भइको छ । शुक्रबार नेपाल इन्भेषमेन्ट डेबेन्चर र माच्छापुच्छ्रे बैंकको डेवेन्चसको सेयर मूल्य १० प्रतिशत र सानीमा बैंकको डेवेन्चर ९.९८ प्रतिशतले बढेको हो । शुक्रबार धेरै डेवेन्चर र फण्डहरु बढेका छन् ।

कारोबार रकमको आधारमा अपर तामाकोशी हाईड्रोपावर कम्पनीको धेरै कारोबार भएको छ । कम्पनीको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयाे ।

त्यस्तै एभरेष्ट बैंकको ६ करोड ९४ लाख ७१ हजार र किसान लघुवित्त वित्तीय संस्थाको ५ करोड ५८ लाख २७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

समूहगत उपसूचकहरु ६ वटा बढेको छ भने ७ वटा घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्