Shikhar Insurance

नयाँ आवको पहिलो दिन सेयर बजारमा आशाको संकेत, मौद्रिक नीतिबाट ४/१२ हट्ने !

सिंहदरबार संवाददाता
२०७९ श्रावण १, आईतवार १६:५१
NIMB
Nabil Bank

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । आईतबार नेप्से १.९३ अंकले बढेर २,०११.३९ को विन्दुमा बन्द भएको हो ।
त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०२ अंकले बढेर ३८५.९३ को विन्दुमा बन्द भएको छ ।

सो दिन कारोबारमा आएको ८४ कम्पनीको सेयर मूल्य बढेको छ । ८७ कम्पनीको घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज दिनभरीमा २१० कम्पनीको ३० लाख ४५ हजार ८ सय ८९ कित्ता सेयर १ अर्ब २३ करोड २४ लाख ८८ हजार रुपैयाँमा खरिदबिक्री भए ।

राधि विद्ध कम्पनीको सेयर मूल्य सर्वाधिक ५.४८ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर शिर्ष स्थिानमा छ । कम्पनीको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बरााबरको सेयर कारोबार भएको हो ।

त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड ७६ लाख ५८ हजार र अरुण काबेलीको ४ करोड ६५ लाख ४७ हजार रुपैयाँको बराबरको सेयर कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि नयाँ मौद्रिक नीतिको अन्तिम तयारी गरिरहेको छ । ४/१२ को नीति खारेजी र भारित जोखिमलाई एक सय प्रतिशत नै कायम गराउन गभर्नर महाप्रसाद अधिकारीमाथि निकै ठूलो दबाव रहेको छ ।

गभर्नर अधिकारी स्वयं पनि एम अधिकारी नामको काण्डमा मुछिएपछि ‘सेफ ल्याण्डि’ गर्ने मुडमा रहेको बताइन्छ । सेयर बजार प्रति नयाँ मौद्रिक नीति केहि उदार हुने अपेक्षासहित आर्थिक वर्षको पहिलो दिनमै लगानीकर्ता केहि उत्साहित देखिएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्