Shikhar Insurance

५ सय करोड प्रिमियम उठाउने पहिलो कम्पनी शिखर, ‘केक’ काटेर सेलेब्रेशन

सिंहदरबार संवाददाता
२०७९ श्रावण १, आईतवार १७:१०
NIMB
Nabil Bank

काठमाडौं । निर्जीवन बीमा व्यवसायको इतिहासमा पाँच सय करोड रुपैयाँ प्रिमियम संकलन गर्ने पहिलो कम्पनी बनेको छ शिखर इन्स्योरेन्स लिमिटेड । शिखरले गत आर्थिक वर्ष २०७८/७९ मा पाँच सय करोड अर्थात पाँच अर्ब रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

जुन नेपालको निर्जीवन बीमा व्यवसायमा कुनै एक कम्पनीले एकै आर्थिक वर्षमा संकलन गरेको सर्वाधिक प्रिमियम हो । शिखरले आर्थिक वर्ष २०७७/७८ को तुलनामा २५.९५ प्रतिशतले प्रिमियम वृद्धि गर्न सफल भएको देखिन्छ । शिखरले सो आर्थिक वर्षमा ३ अर्ब ९७ करोड रुपैँया प्रिमियम उठाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पाँच सय करोड क्लबमा प्रवेश गरेसँगै शिखर इन्स्योरेन्स कम्पनीले केक काटेर सेलेब्रेशन गरेको छ । नेपालको निर्जिवन बीमा व्यवसायमा शिखरको हिस्सा झण्डै १५ प्रतिशत छ । शिखरको शाखा सञ्जाल ११० वटा रहेको छ । कम्पनीले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्लामा कृषि, पशु तथा बाली धन बीमा गराउँदै आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्