Shikhar Insurance

सिक्लेस हाइड्रोपावरको आइपीओ बिक्री खुला

सिंहदरबार संवाददाता
२०७९ श्रावण ६, शुक्रबार ०७:३१
NIMB
Nabil Bank

काठमाडौं । सिक्लेस हाइड्रोपावरले साउन ६ गते (आज) देखि ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानिय बासिन्दाहरको लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो ८५ करोड रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँदरका आइपीओआयोजना प्रभावित स्थानिय बासिन्दाको लागि छुट्याएको थियो । जसमा इच्छुक स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म साउन २० गतेसम्म आइपीओमा आवेदन दिनसक्नेछन् । उक्त समयमा आइपीओमा आवेदन नपरेमा भदौ ५ गतेसम्मको लागि बिक्री खुला गरिने कम्पनीले उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा बिओके क्यापिटल रहेको छ । आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ भने माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्