Shikhar Insurance

हिताचीका चार नयाँ उत्पादन बजारमा आउँदै, २ वर्षभित्र एक नम्बर ब्राण्ड बन्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १४, शनिबार १३:५३
NIMB
Nabil Bank

काठमाडौं । जापानी घरायसी समान उत्पादक कम्पनी हिताचीका चार वटा विभिन्न उत्पादनहरु नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले केहि समयभित्रै हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर नेपाल बजारमा भित्र्याउने घोषणा गरेको हो ।

कार्यक्रममा सहभागीहरूलाई उत्पादन को लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो । हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ । हरेक नेपाली घरपरिवार माझ नया अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, ‘हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ ।’ उनले एक वर्षभित्र नेपालका टप तीन ब्राण्डमा आउने र आगामी २ वर्षभित्र नेपालकै पहिलो ब्राण्डका रुपमा स्थापित हुने लक्ष्यसहित अघि बढेको बताए । हिताचीका प्रबन्ध निर्देशक चेन टेक बेङले नेपाली बजारमा आफ्ना उत्पादनहरुलाई उच्च प्राथमिकताका साथ प्रवद्र्धन गरिरहेको बताए ।

“रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौँ।”, हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङले भने ।

उत्पादन विवरण
कार्यक्रमले चार वटा उत्पादन बजारमा ल्याएको थियो । ती हुन –
१. हिताची फ्रन्ट लोड वाशिङ मेसिन BD-D120XGV : सरल र कुशल
यो नयाँ वाशिङ मेसिनले फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, ए.आई. वास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र ८ केजी सुकाउने क्षमता प्रदान गर्दछ।
२. हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर PV-XL2K 240 US :प्रभावशाली, छिटो, र कुशल
धेरै सजिलो, छिटो र कुशल तरिकाले भुईँदेखि छतसम्मको कुनै पनि तहमा साना सफाइका लागि यो उत्कृष्ट छनोट हुनेछ।
३ . हिताची माइक्रोवेभ ओभनः एक अद्वितीय हिताची मल्टिटास्कर
यो माइक्रोवेभ ओभनले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ । यस उत्पादन लाइन अन्तर्गत ४ विभिन्न मोडेलहरू राखिएको छ, जसमा प्रत्येक ग्राहकको लागि केही न केही पक्कै छ ।
४. हिताची फ्रेन्च बटम रेफ्रिजरेटर R–WB640VOPB ठण्डा र विलासी
नविनतम टेक्नोलोजी, ठण्डा कूल र विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो छ। लकजरी मोडेलको रूपमा प्रवर्तन गरिएको यो रेफ्रिजरेटरले ग्राहकहरूले चाहेको सबै कुरा र थप पूरा गर्दछ ।
हिताचीको महाप्रबन्धक तरुण जैनले यसै वर्षभित्र नयाँ प्रडक्टहरु बजारमा उपलब्ध हुने जानकारी दिए ।
“उत्पादनहरू यो सालको (२०२२) चौथो त्रैमासिक देखि बजारमा उपलब्ध हुनेछन”, हिताचीका महाप्रबन्धक तरुण जैनले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्