Shikhar Insurance

आइतबार सेयर बजारमा रौनकता, आधा दर्जन निर्जिबन बीमा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर कारोबार मापक नेप्से परिसूचकमा रौनकता देखिएको छ । आइतबार नेप्से परिसूचक ५४.५८ अंकले बढेर २,१९५.१० को विन्दुमा बन्द भएको हो ।

त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ९.७२ अंकले बढेर ४१९.२० को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो दिन २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता सेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से बढेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ ।

कारोबारमा आएको १२६ कम्पनीको सेयर मूल्य बढेको छ । ५१ कम्पनीको घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आइतबार नेप्सेमा उल्लेख्य सुधार आएसँगै निर्जिबन बीमा कम्पनीको उपसूचकहरु चम्किएका छन् । सो दिन आधा दर्जन निर्जिबन बीमा कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको हो । नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमइ जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनआइजी इन्स्योरेन्स र यूनाइटेड आइडीआइ इन्स्योरेन्स कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएका हुन् ।

कारोबार रकमको आधारमा शिवम सीमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको २१ करोड ३४ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यसैगरि नेपाल दुर संचार कम्पनीको १५ करोड २३ लाख २० हजार, एशीयन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख ७४ हजार, हिमालयन डिस्टिलरीको १० करोड ३७ लाख ७३ हजार र नेश्नल हाइड्रोपावर कम्पनीको ९ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

समूहगत उपसूचकहरु १२ वटा बढेका छन् भने फाइनान्स उपसूचक भने घटेको छ । बढेका उपसूचकहरु मध्ये इन्भेष्टमेण्ट उपसूचक सबैभन्दा बढी ४.७६ प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्