Shikhar Insurance

नेप्से झिनो अंकले बढ्दा, कारोबार रकम साढे ४ अर्बमाथि

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १५:३१
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक झिनो अंकले बढ्दा कारोबार रकम ४ अर्ब माथि छ ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १.१५ अंकले बढेर २,१९६.२५ को विन्दुमा बन्द भएको हो । कारोबारको सुरुदेखि निरन्तर बढीरहेको सेयर बजारले अन्तिम चरणमा घट्ने संकेत देखाए पनि झिनो अंकले बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.९४ अंकले बढेर ४२१.१४ को विन्दुमा बन्द भएको छ । सोमबार २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक झिनो अंकले बढ्दा कारोबार रकम भने उल्लेख्य बृद्धि भएको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ३८ करोड ३१ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख ७३ हजार, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्टको १३ करोड ७६ लाख ७० हजार, अपि पावरको १२ करोड ९१ लाख ८९ हजार र अरुण भ्याली हाइड्रोपावरको १२ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

सो दिन बुटवल पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.९५ प्रतिशतले बढेको छ । कारोबारमा आएका ५८ कम्पनीको सेयर मूल्य बढेको छ । ११५ कम्पनीको घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ । १३ वटा समूहगत उपसूचकहरु मध्ये ५ उपसूचक बढेको छ । सो दिन व्यपार समूह ३.५४ प्रतिशतले बढेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्