Shikhar Insurance

भारतबाट प्रतिलिटर पेट्रोल १६ रुपैयाँ र डिजल १२ रुपैयाँले घटेर आयो, नेपालमा के होला?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १५:४२
NIMB
Nabil Bank

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै दोस्रो पटक पनि नेपाल नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मुल्य घटाएर पठाएको हो ।

आइओसीले निगमलाई यसअघिको भन्दा प्रतिलिटर पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजेलमा १२ रुपैयाँ ४५ पैसाले घटाएर पेट्रोलियम पदार्थ पठाउको छ । यसअघि
आईओसीले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । सो पटक भारतबाट घटेर आए पनि निगमले उपभोक्ताालाई बिक्री मुल्य घटाएको थिएन ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्नेने क्रम जारीनै रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्