Shikhar Insurance

साउनको १५ दिनमै बैंकबाट १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप बाहिरीयो,अन्तर बैंक ब्याजदर ८:५० प्रतिशत माथि पुग्याे

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १६:२१
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्ष शुरु भएको १५ दिनमै बैंकिङ प्रणालीबाट १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । गत असार मसान्तसम्म बैंकिङ प्रणालीमा ४९ खर्ब ४७ अर्ब रुपैयाँ बढी निक्षेप मौज्दात थियो । जुन साउनको १५ गतेसम्म आइपुग्दा १ खर्ब ३ अर्ब ९ करोडले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन १५ गतेसम्म बैंकिङ प्रणालीमा कुल ५० खर्ब ५० अर्ब रुपैयाँ निक्षेप मौज्दात छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साउन १५ गतेसम्म बैंकिङ प्रणालीमा १ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँ तरलता मौज्दात थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा १४ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४६ खत्रर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन साउन १५ गतेसम्म आइपुग्दा ४६ खर्ब ८६ अर्ब रुपैयाँमा झरेको हो । सो अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ८७.७२ प्रतिशत कायम छ ।

चालु आवको साउन १५ गतेसम्म वाणिज्यहरुले कुल ४४ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरबाटै १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो ।

प्रणालीबाट लगानी योग्य रकम बाहिरिन थालेपछि गर्जो टार्न बैंकहरुले अन्तर बैंक सापटी कारोबार बढाउँदा ब्याजदर समेत ८.५० प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर सीमाभन्दा माथि गएसँगै राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत् बजारमा तरलता प्रवाह गरिसकेको छ ।

साउन १६ गते राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । सो रिपो जारी भएसँगै अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत तल झर्ने विस्वास गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्