Shikhar Insurance

नगद लाभांशमा ३० प्रतिशतको ‘क्याप’ हट्यो, यस्ताे छ राष्ट्र बैंककाे नयाँ व्यवस्था

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १३:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद लाभांशमा ३० प्रतिशतको ‘क्याप हटाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २ वर्ष अघि लगाएको नगद लाभांशको क्याप हटाएको हो ।

राष्ट्र बैंकले २०७७/७८ को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो । भने, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण नगर्न पाउने निर्देशन थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, बुधबार जारी परिपत्र अनुसार अब भने बैंक तथा वित्तीइ संस्थाले आव २०७८/७९ को खुद वितरण योग्य नाफाबाट क्षमताकै आधारमा नगद लाभांश वितरण गर्न पाउँछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्