Shikhar Insurance

८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य बढेको जनाएको छ । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज छापावल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढी हो । अघिल्लो दिन छापावल सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरि तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले बढेको छ । सो दिन तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार चाँदी अघिल्लो दिनकै बराबरी प्रतितोला १२ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्