Shikhar Insurance

शुक्रबारको सेयर कारोबार बन्द हुँदै

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १६:३३
NIMB
Nabil Bank

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबारको सेयर कारोबार बन्द गराउने भएको छ । नेप्सेका प्रबन्धक निरन्जन फुयालले सो जानकारी दिएका हुन् ।

सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो। असार ३ गते यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ । तर नेप्सेले चाडैं सो व्यवस्था खारेज गर्ने तयारी गरेको उनले बताए ।
´गत असारदेखि नेपालमा कारोबार ६ दिन गरिएको छ, चाडैं शुक्रबारको कारोबार हटाएर पुन: ५ दिन सेयर कारोबार दिन कायम गर्दैछौं ।´- बिहिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्