Shikhar Insurance

नबिल बैंकको नाफा ५ अर्ब नजिक, लाभांश क्षमता ४० प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार ०७:३५
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा कमाएको नाफामा ९.८३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो आवमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ९ अर्ब १२ करोड रुपैयाँ छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिलले रिर्जभबाटै ५ अर्ब ७४ करोड रुपैयाँ (बिजनेश कम्वाइन) प्राप्त हुँदा वितरण योग्ग नाफा ९ अर्ब नाघेको हो । सो अवधिमा चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ कायम हुँदा बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई ३९. ९४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको असार मसान्तसम्म बैंकले ३ खर्ब ३६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ९ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६.७९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ८ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सो अवधिमा बैंकले ७ अर्ब ९ करोड रुपैयाँ संचालन नाफा गरेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.५४ प्रतिशत, सीडी रेसियो ८९.७९ प्रतिशत, बेसरेट ८.७७ प्रतिशत र स्प्रेडरेट ४.२२ प्रतिशत रहेको छ । साथै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८८ पैसाप्रतिसेयर नेटवर्थ २ सय ३० रुपैयाँ ३७ पैसा, मुल्य आम्दानी अनुपात ३२.८० गुणा र प्रतिसेयर कुल सम्पती १ हजार ८ सय २२ रुपैयाँ ६५ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्