Shikhar Insurance

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ६४ करोड, लगानीकर्तालाई लाभांश १२.४३ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार १०:१४
NIMB
Nabil Bank

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वषृमा ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा २८.१० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४७ करोड रुपैयाँ रहेको छ । ३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १२.४३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको असार मसान्तसम्म बैंकले ४३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बै.कले १ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंकले ९४ करोड ५ लाख रुपैयाँ संचालन नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.९६ प्रतिशत कायम छ । साथै, बेसरेट ११.०६ प्रतिशत, स्प्रेडरेट ४.४१ प्रतिशत र सीडी रेसियो ८४.८३ प्रतिशत कायम छ ।
गत आवमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ०३ प्रतिशत कायम थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्