Shikhar Insurance

हिमालयन हाइड्रोपावर कम्पनीको १ करोड कित्ता सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार १४:५५
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको बैशाख २५ गते सर्वसाधारणको लागि निष्काशन गरेको सेयर आज (साउन २० गते) नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ९ लाख कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता र संस्थापकहरुलाई लगानी गरेको ८७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कम्पनीको सेयरलाई नेप्सेले आपनिङ्ग रेन्ज न्यूनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २ सय २८ रुपैयाँ ९९ पैसा तोकेको छ । कम्पनीको उक्त सेयर आइतबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्