Shikhar Insurance

सिभिल बैंकको लोभ लाग्दो प्रगतिः नाफा १६२% र इपीएस १४९ % ले बढ्यो, लगानीकर्तालाई ११ % लाभाशं

सिंहदरबार संवाददाता
२०७९ श्रावण २१, शनिबार ०९:२६
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंकसँग प्राप्तिमा जान लागेको सिभिल बैंकले गत आर्थिक वर्षमा लोभ लाग्दो प्रगति गरेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार अधिकांश सूचकहरुमा छलाङ मारेको देखिन्छ । बैंकले गत आवमा १६२.३६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । २०७८ असार मसान्तमा ५२ करोड नाफा कमाएको बैंकले २०७९ असार मसान्त अवधीमा त्यस्तो नाफालाई एक अर्ब ३८ करोड पुर्याएको छ ।

बैंकको वितरण योग्य नाफा पनि यो एक वर्षको अन्तरमा १२०.६० प्रतिशतले बढेको छ । २०७८ असारमा ४५ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको सिभिलले यसपाली एक अर्ब रुपैयाँ कायम गराएको छ । बैंकको लाभांश क्षमता पनि दुई गुणाले बढेर दुई अंकमा पुगेको छ । गतर्ष ५.२८ प्रतिशत लाभांश क्षमता रहेको बैंकले यसपाली ११.०९ प्रतिशत लाभांश दिन सक्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको प्रति सेयर आम्दानी ६.११ रुपैयाँबाट बढेर १५.२६ रुपैयाँ पुगेको छ, जुन गत २०७८ असारको भन्दा १४९.८६ प्रतिशतले बढी हो । बैंकले गत आवमा ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । प्रताप जंग पाण्डे अध्यक्ष र सुनिल पोखरेल सिईओ बनेपछि बैंकले व्यापक रुपमा सुधार गरिरहेको थियो ।

हिमालयन बैंकसँग प्राप्तिमा जानका लागि सिभिल बैंकले असार २९ गते एमओयुमा हस्ताक्षर गरेको थियो । १००ः ८१ को स्वाप रेसियोमा सिभिल बैंकले हिमालयन बैंकमा विलय हुने भएको हो । एकीकृत कारोबारमा आउने बैंकमा सिईओ हिमालयनका अशोक राणा नै हुनेछन् भने सिभिल बैंकका सुनिल पोखरेल बरिष्ठ  डेपुटी सिइओ हुनेछन् । अध्यक्ष भने हिमालयन बैंकले नै पाउनेछ ।

अन्य कर्मचारीहरुको समायोजन भने बराबर हैसियतमा हुनेछ । हिमालयन बैंकसँग सम्मान जनक प्राप्ति सम्झौता गराएको भन्दै अध्यक्ष र सिईओले वाहवाही पाईरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्