Shikhar Insurance

नयाँ स्टक एक्सचेञ्जबारे नेप्से प्रबन्धकः ‘न्यु स्टक एक्सचेञ्ज डेफिनेट्ली चाहिन्छ,आई वेलकम इट’

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार ०७:३०
NIMB
Nabil Bank

काठमाडौं । ‘सरकारी स्तरमा एक्सचेञ्ज रहने, सरकारी संस्थानकै हिसाबमा सेबोन रहने । ब्युरोक्रेसी, गभर्नमेन्टले सेबोन नेप्सेलाई कसरी हेर्छ भने देअर इज नो डिफरेन्स बिटविन खाद्य संस्थान र नेप्से । दुबै एउटै हो ।’ यो निराशाले भरिएको धारणा हो नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक निरञ्जन फुयाँलको ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको ‘पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक कार्यक्रममा उनले निराशाले भरिएका यी अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेप्सेका प्रबन्धक फुयाँलले आफु नेप्से भन्दा बाहिर बसेर बोल्ने भन्दै पुँजी बजारको विकास र विस्तारको लागि अर्को स्टक एक्सचेञ्ज आवश्यकता औंल्याएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले नेपालको पुँजी बजारको विकासका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको र त्यसलाई स्वागत गर्नुपर्ने विचार अघि सारे । ‘न्यु स्टक एक्सचेञ्जको कुरा आईरहेको छ, म स्टक भन्दा बाहिरबाट बोलिरहेको छु, त्यो स्वागत योग्य नै छ । आई वेलकम इट । त्यो डेफिनेट्ली चाहिन्छ ।’, फुयाँलले भने ।

उनले नेप्सेमा एउटा सर्भर किन्नका लागि नौ महिना लाग्ने खरिद प्रक्रिया रहेको र त्यो नै नेप्सेको विकासका लागि दुर्भाग्य भएको बताए । गत वर्षसम्म सफ्टवेयरहरु लिजमा लिन पाइने सुविधा रहेको तर यसपाली त्यस्तो सुबिधा पनि खोसिएको उनले बताए । ‘गत वर्षसम्म लिजमा लिन पाइन्थ्यो, यसपाली सार्वजनिक खरिद नियमावलीले त्यो पनि खोसेछ’, फुयाँलले भने ।

नेप्से सरकारको संस्था हुँदासम्म परफरमेन्स देखाउन निकै गाह्रो हुने उनको धारणा थियो । उनले धितोपत्र बोर्डमा अर्थमन्त्रालय, कानुन मन्त्रालयका सहसचिवहरु सञ्चालक बनेर आउने भएकाले उनीहरुसँग नेप्सेका लागि दिने समय पनि नहुने बताए । बैठक भत्ता समेत दुई तीन हजार मात्रै हुने भएकाले सञ्चालकहरुका लागि नेप्सेमा काम गर्ने कुरा प्राथमिकतमा नपर्ने उनको दावी छ ।

‘मन्त्रालयका फुल टाइमरहरु यहाँ सञ्चालक भएर आउँछन्, भत्ता पनि दुई तिन हजार मात्रै हुन्छ, उनीहरु न आर्थिक रुपले यता काम गर्न प्रेरित हुन्छन् न त समय नै दिन सक्छन्’, फुयाँलले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्