Shikhar Insurance

दर्ता भएका २ हजार नयाँ उद्योगबाट करिब ३ कराेड राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०७९ श्रावण २७, शुक्रबार ११:४९
NIMB
Nabil Bank

सर्लाही । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा २ हजार १ सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये १ हजार ५ सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् ।

आव २०७८/७९ मा सेवामूलक ४ सय १५, उत्पादनमूलक २ सय ३१ र कृषिजन्य १ हजार ५ सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिए । उनका अनुसार आव २०७७/७८ मा १ हजार ९ सय ४३ नयाँ उद्योग दर्ता भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आव २०७७/७८ मा आव २०७८/७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ १ हजार ३ सय २४ उद्योग दर्ता भएका थिए । सेवातर्फ ४ सय ३० र उत्पादनतर्फ १ सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए । आव २०७८/७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट २ करोड ९१ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्लामा आव २०७८/७९ मा ५ हजार ४ सय ३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्