Shikhar Insurance

कृषिमा १० अर्ब लगानी जुटाउने गोल्यान प्रोजेक्ट, सर्वसाधारणलाई आईपीओ

सिंहदरबार संवाददाता
२०७९ श्रावण २८, शनिबार १०:३०
NIMB
Nabil Bank

काठमाडौं । उद्योगी पवन गोल्यानले कृषिमा १० अर्ब रुपैयाँ लगानी जुटाउने प्रोजेक्ट अघि सारेका छन् । हाल गोल्यान एग्रो कम्पनी मार्फत माटो ब्राण्डका कृषि उत्पादनहरु बजारमा लगिरहेका उनले १० अर्ब लगानीको छुट्टै कृषि कम्पनी ल्याउन लागेका हुन् । हाल गोल्यानले झापा लगायतका जिल्लाहरुमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेर माटो ब्राण्डमा कृषि उत्पादन बजार पठाईरहेका छन् ।

उनै ‘एग्रो म्यान गोल्यान’ले उत्पादन, भण्डारण, प्रशोधन, बजारीकरण तथा अनुसन्धनमा काम गर्ने योजनासहित कृषि कम्पनी ल्याउने तयारी गरेका हुन् । ‘मैले माटो ब्राण्डबाट कृषि क्षेत्रमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको छु, यो आर्थिक वर्षभित्रै १० अर्ब रुपैयाँ लगानीमा छुट्टै कृषि कम्पनी खोल्ने योजना बनाईरहेको छु’, गोल्यानले सिंहदबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले पब्लिक, प्राईभेट पार्टनरशिप(पीपीपी) मोडलमा त्यस्तो कम्पनी स्थापना हुने स्पष्ट पारे । ‘पीपीपी मोडलमा स्थापना हुने कम्पनीमा निजी क्षेत्र, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले लगानी गर्नेछन्, त्यस बाहेक सर्वसाधारणलाई आईपीओ पनि जारी गरिन्छ’, गोल्यानले भने ।

त्यसरी स्थापना गरिएको कम्पनीले सातै प्रदेशमा कृषि क्षेत्रमा पुँजी र नयाँ प्रविधि मार्फत लगानी गर्ने पनि उनले बताए । ‘हामीले सातै प्रदेश, हिमाल, पहाड र तराईका बिशेषता अनुसार कृषिमा लगानी गर्छौं’, गोल्यानले भने ।
कम्पनीले कर्पाेरेट हाउसहरुलाई कृषिमा लगानी गर्न प्रोत्साहित गर्ने अपेक्षा पनि उनले व्यक्त गरे ।

साथै, साना किसानहरुलाई हौसला दिनु पनि आफ्नो उदेश्य भएको उनी बताउँछन् । ‘कृषिमा कर्पाेरेट हाउसहरुले लगानी गरुन्, विदेशी लगानी पनि आउने वातावरण बनोस् । साना किसानहरुको उत्पादकत्व वृद्धि होस, साथै आम्दानी पनि बढोस र म किसान हुँ भन्दा आत्मगौरव महशुस हुनुपर्छ भन्ने सोँचसहित काम गर्दैछौं’, गोल्यानले भने । गाउँ गाउँमा साना किसानसम्म वित्तिय पहुँच पुर्याउनका लागि बैंकहरुबाट ऋण लिन सहजीकरण गर्ने पनि उनले बताए ।

तर बैंकबाट ऋण नलिने
कृषि कम्पनीले कृषिमा लगानी गर्नका लागि बैंकहरुबाट ऋण भने नलिने उनले स्पष्ट पारे । ‘नयाँ कम्पनीले बैंकहरुबाट ऋण लिएर कृषिमा लगानी गर्दैन्, हामी आफैं लगानी जुटाएर काम गर्छाै’, गोल्यानले भने ।

कृषिमै छ समृद्धि र सन्तुष्ठि
उनले कृषि क्षेत्रमै समृद्धि र सन्तुष्ठिका प्रशस्तै आधारहरु देखेका छन् । कृषिमा राज्य र निजी क्षेत्रले बिशेष योजनासहित लगानी गर्नुपर्ने उनको विचार छ । गोल्यानले कृषि क्षेत्रमा कर्पाेरेट क्षेत्रको लगानी र सरकारले बिशेष योजना अघि नल्याउँदासम्म देशको अर्थतन्त्र आत्मनिर्भर नहुने र व्यापार घाटा सधै यसै गरि बढिरहने ठोकुवा पनि गरे । ‘सरकारले बिशेष योजना ल्याउनुपर्छ, कर्पाेरेट सेक्टरले लगानी गर्नुपर्छ र विदेशी लगानीका लागि पनि बाटो खोलिनुपर्छ, नत्र हाम्रो अर्थतन्त्र आत्मनिर्भर बन्नै सक्दैन’, गोल्यानले भने ।

दिग्गजहरुलाई जोड्ने योजना
गोल्यानले पूर्व प्रधानमन्त्री, अर्थमन्त्री, पूर्व गभर्नरहरु, पूर्व प्रशासक, सुरक्षा निकायका पूर्व उच्च पदस्थहरुलाई पनि कृषि कम्पनीमा जोड्ने योजना रहेको सुनाए । ‘कृषि कम्पनीमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि जोड्ने योजना छ, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्व उच्च प्रशासकहरुलाई पनि जोड्ने योजना छ, यसले कृषिमा संलग्न साना किसानहरुको मनोबल बढाउँछ र कृषि क्षेत्रमा पोलिसी लबिङ पनि सहज हुन्छ’, गोल्यानले सुनाए ।

खाद्यबाली, फलफुलदेखि जडिबुटीसम्म
कम्पनीले खाद्यबाली तथा फलफुल उत्पादनलाई जोड दिनेछ । साथै, त्यसको भण्डारणका लागि ठूला ठूला स्टोर हाउसहरुको निर्माण गर्नेछ । साना किसानहरुलाई नाफासहितको मूल्य सुनिश्चितता प्रदान गर्न भूमिका खेल्नेछ । त्यसका अवला जडिबुटी प्रशोधनका लागि नयाँ नयाँ प्रविधिमा पनि काम गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्