Shikhar Insurance

दोहोरो अंकले घट्यो नेप्से, हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ श्रावण २९, आईतवार १६:०१
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार हुने दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । गत सोमबार देखि ओरालो लागेको सेयर बजारले आज पनि निरन्तरता पाएको हो । पछिल्लो ५ दिनको कारोबारमा नेप्से परिसूचक १०५ अंकले घटेको छ ।

बिहिबारको तुलनामा आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २,०१०.०१ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.७६ अंकले घटेर ३८६.९० को विन्दुमा बन्द भएको हो ।

दिनभरिमा २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको १८ कम्पनीको सेयर मूल्य बढेको छ । १६२ कम्पनीको घटेको छ भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ५३ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख ११ हजार, शिवम् सिमेन्टको ८ करोड २० लाख २५ हजार, स्वावलम्बन लघुवित्तको ६ करोड ६१ लाख १ हजार र नबील बैंकको ४ करोड ४४ लाख २७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर धनीले सबैभन्दा बढी ८.१० प्रतिशतले कमाएका छन् भने, गुराँस लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरुले ७.०९ प्रतिशतले गुमाएका छन् । सो दिन समूहगत उपसूचकहरु सबै घटेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्