Shikhar Insurance

५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १०:४४
NIMB
Nabil Bank

काठमाडौं । बुधबार नेपाली बजारमा (भदौं १ गते) सुनको मूल्य घटेको छ । भदौं महिनाको पहिलो कारोबारको दिन सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

बुधबार छापावल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँले घटेर ९५ हजार ७ सय रुपैयाँमा कारोबर भएरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा खरिबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजारको आधारमा मूल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्