Shikhar Insurance

नेशनल क्वालीटीः आधा खर्बको बीमा कोष, १४ अर्ब ३० करोड बीमा शुल्क

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । ‘क्वालीटीको बिजनेश गर्ने’ संस्थाका रुपमा चिनिएको नेशनल लाइफले गत आर्थिक वर्षमा १४ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क कम्पनीले २०७८ असार मसान्तमा संकलन गरेको भन्दा एक अर्ब ७६ करोड अर्थात १४.०३ प्रतिशतले बढी हो । सो अधवीमा कम्पनीले १२ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

नेशनलले आफ्नो जीवन बीमा कोषको आकार आधा खर्ब नघाएको छ । २०७९ असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ५१ अर्ब १५ करोड रुपैयाँ छ । २०७८ असार मसान्तमा कम्पनीको जीवन बीमा कोषमा ४२ अर्ब ४२ करोड रुपैयाँ मात्रै थियो । एक बर्षको अवधीमा कम्पनीको जीवन बीमा कोष ८ अर्ब ७३ करोड अर्थात २०.५७ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले असार मसान्तसम्म १५ लाख ९६ हजार ६ सय ३० वटा बीमा लेख जारी गरेको छ । नेशनलले २०७८ असार मसान्तमा ११ लाख ६९ हजार ३ सय ३६ वटा बीमा लेख जारी गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा ३८ हजार ५ सय ५६ वटा दावी वापत ४ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी दिएको छ ।

४ अर्ब ३ करोड चुक्ता पुँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी १०.१३ प्रतिशत छ । १२५.१९ रुपैयाँ नेटवर्थ रहेको कम्पनी पीई रेसियो ५६.९६ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्