Shikhar Insurance

सवा ३ प्रतिशतले बढ्यो कर्जाको ब्याजदर, औषत नै ११.६२ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुबाट ऋण लिने ग्राहकलाई ब्याजको भार ३.१९ प्रतिशतले थप भएको छ । एक वर्षमै वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) वृद्धि हुँदा ऋणीलाई औषत कर्जाको ब्याजदर नै ११.६२ प्रतिशत पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको औषत आधार दर ६.८३ प्रतिशत रहेकोमा गत आवको असार मसान्तमा ९.५४ प्रतिशत कायम भएको छ । जुन अघिल्लो आवको भन्दा २.६८ प्रतिशत बढी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकहरुले आधारदरमै केही प्रतिशत प्रिमियम तप गरी कर्जा ब्याजदर तय गर्ने गर्छन् । यस्तो आधारदर त्रैमासिक रुपमा परिवर्तन हुने गर्छ । परिवर्तित ब्याजदरमा कर्जा लिएका ग्राहकको कर्जाको ब्याजदर आधारदर परिवर्तन हुँदा थपघट हुने गर्छ । यसरी वाणिज्य बैंकहरुको आधादर बढेसँगै कर्जाको औषत ब्याजदर पनि बढेको हो ।
यसरी वाणिज्य बैंकहरुको आधारदर बढेसँगै गत आवको असार मसान्तमा कर्जा लिने ऋणीलाई ब्याजको भार ३.१९ प्रतिशत थप भएको हो ।

चालु आव लागेदेखि नै निक्षेपको ब्याजदर बढिरहेको छ । जसले गर्दा खर्च बढ्दा कर्जाको ब्याजदर समेत बढेको हो । बैंकहरुले बेसरेट मै केही प्रतिशत प्रमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । बेसरेट त्रैमासिक रुपमा परिवर्तन गर्न पाउने व्यवस्था भएपनि एक पटक तय भएको प्रिमियम भने थपघट गर्न मिल्दैन ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुको औषत कर्जाको ब्याजदर ११.६२ तिशत पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको औषत यस्तो ब्याजदर ८.४३ प्रतिशत कायम थियो ।

यस्तै, सो अवधिमा निक्षेपको औषत ब्याजदर भने २.७६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुमा निक्षेपको औषत ब्याजदर ४.६५ प्रतिशत कायम थियो भने गत आवको सोही अवधिमा ७.४१ प्रतिशत कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा अन्तर बैंक ब्याजदर ४.१२ प्रतिशत र ९१–दिने ट्रेजरी बिलको ब्याजदर ४.५५ प्रतिशत कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्