Shikhar Insurance

बैंकिङ प्रणालीबाट ३० दिनमा १ खर्ब ३४ अर्ब पैसा बाहिरियो, वाणिज्य बैंकमा निक्षेप घट्दा कर्जा थप

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १६:२५
NIMB
Nabil Bank

काठमाडौं । बैंकिङ प्रणालीबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बढी निक्षेप बाहिरिएको छ । प्रणालीबाट साउनको ३० पदनमै सो परिमाणमा निक्षेप बाहिरिएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल ५१ खर्ब ५३ अर्ब १० करोड रुपैयाँ निक्षेप मौज्दात थियो । जुन साउनको ३० गतेसम्म १ खर्ब ३४ अर्ब १० करोड रुपैयाँले घटेर ५० खर्ब १९ अर्ब रुपैयाँमा सीमति भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेपमा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंकहरुको रहेको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकबाट साउनको ३० दिनमै १ खर्ब १८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप बाहिरिएको हो । वाणिज्य बैंकहरुमा गत असार मसान्तसम्म ४५ खर्ब ३९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप मौज्दात थियो । जुन साउनको ३० गतेसम्म घटेर ४४ खर्ब २१ अर्ब रुपौयँमा सीमति भएको हो । सो अवधिमा विकास बैंकहरुबाट १२ अर्ब ५५ करोड, वित्त कम्पनीहरुबाट २ अर्ब ७० करोड रुपैयाँ निक्षेप बाहिरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ कर्जा प्रवाह गर्न नसकेका वाणिज्य बैंकहरुबाट खर्ब बढी निक्षेप बाहिरिँदा कर्जा निक्षेप अनुपात समेत क्रमिक रुपमामा बढ्दो छ । साउन ३० गते वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८८.१७ प्रतिशत थियो, साउन ३० गते यस्तो रेसियो ८८.२७ प्रतिशत कायम भएको छ ।

यसैगरी, सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह समेत २ अर्ब ४० करोड रुपैयाँले घटेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४७ खर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन साउनको ३० गतेसम्म घटेर ४६ खर्ब ९८ अर्ब रुपैयाँमा सीमित भएको छ । सो अवधिमा विकास बैंक र वित्त कम्पनीहरुको कर्जा प्रवाह घटेपनि वाणिज्य बैंकहरुको भने बढेको छ ।

गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । साउन ३० गतेसम्म १ अर्ब रुपैयाँ थप भएर ४१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्