Shikhar Insurance

एनसीसी बैंकका ग्राहकलाई मनकामना अस्पतालमा १५ प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । एनसीसी बैंकका ग्राहकहरुले चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट पाउने भएका छन् । बैंकले अस्पतालसँग सम्झौता गरेर आफ्ना ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट दिने भएको हो । सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले मनकामना अस्पताल प्रालिमामा ओपिडी चेकअप, इन्डोस्कोपी, एक्सरे, युएसजी, प्याथोलोजी, जनरल वार्ड, क्याबिनहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंक ग्राहकले अपरेशन शुल्क, आईसीयु, एनआइसीयु लगायतका सेवामा भने १० प्रतिशत छुट पाउनेछन् । २५ वर्षअघि स्थापित एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु मार्फत दिँदै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्