Shikhar Insurance

गोरखाका ३ हजार ७ सय बिधार्थीलाई हिमानी ट्रस्टको शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार १२:१९
NIMB
Nabil Bank

गोरखा । हिमानी ट्रस्टले गोरखाका सामुदायिक बिद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी बिधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ । उक्त ट्रस्टले जिल्ला भित्रका ४० बिद्यालयमा अध्ययनरत तीन हजार सात सय ५० बिधार्थीलाई उक्त सामग्री बितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिए ।

ट्रस्टले बिधार्थीहरुलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, स्टेशनरी बक्स, सिसाकलम, हेल्थ ब्याग, लन्च बक्स, पानीको बोटल, माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखेर गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको बिद्यालयका बालबालिकालाई उक्त सामग्री बितरण गरेको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

ट्रस्टकी अध्यक्ष हिमानी शाह र उनकी छोरी कृतिकाले चाइना फाउण्डेनमार्फत प्राप्त उक्त सामाग्री शनिबार स्कुलले बिद्यार्थीहरुलाई बितरण गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्