Shikhar Insurance

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार १५:४४
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । गत सातको सोमबारदेखि निरन्तर घटिरहेको नेप्सेले आज पनि निरन्तरता पाएको हो । गत सातको सोमबार नेप्से परिसूचक १९७७.३ को विन्दुबाट ४.२९ अंकले घटेको थियो । एक सतामा परिसूचक ५१.०२ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार आइतबार परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.०६ अंकले घटेर ३७४.७८ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २२१ कम्पनीको ७४ करोड ७२ लाख २६ हजार रुपैयाँमा बराबरको २५ लाख २४ हजार २ सय २४ कित्ता सेयर खरिदबिक्री भए । यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । शुक्रबार १ अर्ब ४ करोड रुपैयाँ माथि कारोबार भएको सेयर बजार आज ७४ करोड रुपैयाँमा सिमीत रहेको छ ।

सो दिन कारोबारमा आएको २६ कम्पनीको सेयर मूल्य बढेको छ । १५६ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ करोड ९५ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नबील बैंकको ३ करोड १७ लाख ५० हजार, रिडी पावर कम्पनीको २ करोड ७५ लाख ६४ हजार, अपी पावर कम्पनीको २ करोड २२ लाख ४३ हजार र नेपाल टेलिकमको २ करोड ५ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्द बढी ४.५६ प्रतिशतले बढेको छ । भने, सानीमा लार्ज क्याप फन्डको सेयर मूल्य ५.३७ प्रतिशतले घढेको छ ।

१३ वटा समूहगत उपसूचकका परिसूचकहरु मध्ये एउटा समूहको परिसूचक बढेको छ । भने, बाँकी १२ वटा उपसमूहका परिसूचकहरु घटेका छन् । यस दिन अन्य उपसमूहका परिसूचक ०.२९ प्रतिशतले बढेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्