Shikhar Insurance

धार्मिक पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार १७:०८
NIMB
Nabil Bank

टक्सार । प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको पर्यटकीय गन्तव्यकामा सूचीकृत ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा परेको छ ।

रामप्रसाद राई गाउँपालिका र तत्कालीन जिल्ला विकास समितिको लागतमा नागछाँगा पुग्ने गोरेटो बाटोसँगै केही संरचनासमेत निर्माण गरिएको छ । उचित प्रचारप्रसार नहुँदा पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा परेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसलाई संरक्षण गर्न सकिएमा गाउँपालिकाको आर्थिक स्रोतको माध्यम बन्ने स्थानीय उत्तम राईले बताए । यसको संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।

गाउँपालिको वडा नं ६ वैकुण्ठे र वडा नं २ धोद्लेखानीको सीमामा प्रसिद्ध धार्मिक तीर्थस्थल नागछाँगा पर्दछ । जहाँ ढुङ्गामा नागको चित्र देख्न सकिन्छ । परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर नजिकै रहेको गोल्माराजा र रानी भिरको राक्षस आएर मार्न खोजेपछि नाग भागेको किंवदन्ती रहेको पुजारी जयप्रसाद निरौला बताउछन् ।

उक्त स्थानमा रहेको छाँगामा परापूर्वकालमा प्रत्यक्ष नाग नै देखिने गरेको स्थानीयको भनाइ छ । त्यसस्थानमा रहेको ठूलो आकर्षक झरनाबाट पानी झर्ने गरेको तर छाँगामाथि रहेका दुई वटा मूलको पानी बस्तीमा लैजादा पानी सुक्दै गएको छ ।

त्यस क्षेत्रमा रहेका नागछाँगा जस्ता ऐतिहासिक महत्वका सम्पदाको बृहत्तर विकास र संरक्षणका लागि रामप्रसाद राई गाउँपालिकालेसमेत आवश्यक योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

त्यस क्षेत्रको विकासका लागि बेहेरे विकास समाज उपसमिति रामप्रसाद राई गाउँपालिकाले स्थानीयस्तरमा छलफलसमेत चलाएर संरक्षण अभियानमा जुटेका स्थानीय बाजेन्द्र राईले बताए ।

भोजपुरमा पर्यटकीय क्षेत्रमा सिलिचुङ, ट्याम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुँम, हतुवा, साल्पा पोखरी, हाँसपोखरीलगायत रहेका छन् । जिल्लाका यस्ता क्षेत्रलाई पर्यटन विकास केन्द्रका रुपमा विकास गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारले पनि विशेष योजना ल्याउनुपर्ने स्थानीय बासिन्दा सन्तोष श्रेष्ठको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्