Shikhar Insurance

कोरोना बीमाको १ अर्ब रुपैयाँ दावी भुक्तानी गर्ने सरकारको निर्णय, १२ अर्ब दायित्व स्वीकार

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १५:०४
NIMB
Nabil Bank

काठमाडौं । लामो समयसम्म रोकिएर रहेको कोरोना बीमा दावी भुक्तानीका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । पछिल्लो पटक बसेको मन्त्रिपरिषदको बैठकले सरकारको दायित्वमा रहेको १२ अर्ब ३२ करोड २१ लाख रूपैयाँ स्वीकार गर्दै जसमध्ये १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।

सरकारले आफ्नो दायित्वमा रहेको कोरोना दावी भुक्तानीको बक्यौतामध्ये पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।
‘अर्थमन्त्री ज्यू कोरिया जानु अघि नै भएको निर्णय हो, उहाँकै पहलमा पछिल्लो क्याबिनेटले सो निर्णय पास गरेको हो,’ अर्थ मन्त्रालय स्रोतले सिंहदरबारसँग भन्यो, ‘समिति र कम्पनीहरुसँग समन्यव गरी चुनाव अगावै कोरोना बीमाको सम्पुर्ण दावी भुक्तानी गर्ने तयारीमा अर्थ मन्त्रालय छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

करिब ३ वर्षयता रोकिएर रहेको कोरोना दावी भुक्तानी अर्थमन्त्री जनार्दन शर्माको पहलमा अब वितरण शुरु हुने भएको छ । क्याबिनेटको निर्णय अर्थमनत्रालयमा आइसकेको र माइन्युड गरी १/२ दिनमै समितिमा पत्र पठाइने स्रोतको भनाइ छ ।

हालसम्म कोरोना बीमामा १५ अर्ब ८२ करोड २१ लाख रुपैयाा दावी परेको छ । जसमध्ये पुलमार्फत् ३ अर्ब ५० करोड रुपैयाँ बीमितलाई भुक्तानी भइसकेको छ । कोरोना बीमामा साढे ३ अर्ब रुपैयाँमाथिको दावी भुक्तानी दायित्व सरकारको रहने कारोना बीमा मापदण्डमा उल्लेख छ । जसअनुसार सरकारको दायित्वमा १२ अर्ब ३२ करोड २१ लाख ७१ हजार रुपैयाँ रहेको छ । जसमध्ये कम्पनीहरुले १ अर्ब ४८ करोड १४ लाख ८८ हजार रुपैयाँ अग्रिम भुक्तानी गरिसकेका छन् ।

काेराेना बीमा विवरण

GBIME

प्रतिक्रिया दिनुहोस्