Shikhar Insurance

बीमा विधेयक पास, २ महिना भित्रै समिति प्राधिकरणमा परिणत हुँदै

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार १५:०३
NIMB
Nabil Bank

काठमाडौं । करिब साढे ४ वर्ष पछि बीमा विधेयक पास भएको छ । राष्ट्रियसभाले स्वीकृत गरेको बीमा विधेयक, २०७५ लाई प्रतिनिधिसभाको बैठकले पास गरेको हो

गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृति सो विधेयक राष्ट्रियसभाको भदौ २१ गतेको बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो । राष्ट्रिय सभाले पास गरेको विधेयक पुनः प्रतिनिधिसभामा पेश भइ विधेयक पारित भएसँगै अब लालमोहरका लागि राष्ट्रपतिकोमा पठाइनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रपतिबाट लालमोहर लागे सँगै विधेयक ऐनमा परिणत हुनेछ । राष्ट्रपतिबाट लालमोहर लागेको ऐन सरकारी राजपत्रमा प्रकाशित हुने वित्तीकै यो कार्यान्वयनमा आउनेछ । विधेयक पारितको लामो प्रक्रिया समाप्त भए हुँदा कात्तिक महिनाभित्रै विधेयक ऐन प्रकासित भइ कार्यान्वयनमा आउने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘प्रतिनिधिसभाले पुन संसोधन गर्न लगाएरमात्रै पारित गर्ला भन्ने शंका थियो तर, छलफल पछि पारित भएको छ । अब लामो प्रक्रिया सकियो । राष्ट्रपति ज्यू कहाँ लालमोहर लगाएर ऐन हुने प्रक्रिया तिहार अगावै सकिन्छ । कात्तिक महिना त्रिभै बीमा समिति प्राधिकरण हुन्छ ।’– समितिका प्रवक्ता पौडेले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्